यु १४ फुटबल: छात्रतर्फ सेमिफाइनल समिकरण पुरा

छात्रातर्फ भोलि लिगको अन्तिम खेल

पाेखरा | भदौ १८, २०८२

यु १४ फुटबल: छात्रतर्फ सेमिफाइनल समिकरण पुरा

पोखरा:   पोखरा रंगशालामा जारी विद्यालयस्तरीय यु १४ फुटबल प्रतियोगिताको छात्रतर्फ सेमीफाइनल समिकरण सकिएको छ । 


कास्की जिल्ला फुटबल संघको आयोजनामा जारी एन्फा यु१४ विद्यालयस्तरीय छात्र÷छात्रा फुटबलको छात्रतर्फ शिशु कल्याण, शैनिक आवासिय, सोसल पब्लिक र गण्डकी बोर्डिङ सेमिफाइनलमा प्रवेश गरेको हो । 


बुधबार भएको क्वाटरफाइनल खेलमा शिशु कल्याण माविले फिस्टेल एकेडेमीलाई ५–० को फराकिलो गोलअन्तरले हराउँदै सेमिफाइनल प्रवेश गरेको हो । 


शिशुकल्याणको जितमा विक्रम गुरुङले ह्याट्रिक गर्दै नायक बने । उनी खेलको प्लेयर अफ दि म्याच घोषित भए । यस्तै सुमन घर्ति र शक्ति बोहोराले समान एक गोल गरे ।  


सैनिक आवासिय महाविद्यालयले कालिका माविलाइ ४–० ले पाखा लगायो । सैनिकको जितमा वसिल विक्रम कुँवरले ह्याटिक गरे भने रेमन पौडेलले १ गोल गरे । वसिल प्लेयर अफ दि म्याच घोषित भए । 


यस्तै गण्डकी बोर्डिङले हेमजा बोर्डिङलाई २–१ ले हराउँदै अन्तिम चारमा स्थान बनायो । गण्डकीका लागि सुहन खत्री र अर्मान गुरुङले गोल गरे भने, हेमजाका लागि समिर विकले गोल गरे । अर्मान प्लेयर अफ दि म्याच घोषित भए । 


अन्तिम क्वाटरफाइनल खेलमा सोसल पब्लिकले बालकल्याणलाई ५–२ ले हरायो । सोसलको जितमा बुद्ध विकले २ तथा दावा थापा, रवि मणि र अमित परियारले गोल गरे । अमित प्लेयर अफ दि म्याच घोषित भए । बाल कल्याणको तर्फबाट प्रविण गुरुङ र प्रिन्स गुरुङले गोल गरे । 


उता छात्रातर्फ लिग चरणको खेलमा शान्तिदिपले सेन्ट मेरिजलाई १–० ले हरायो । शान्तिदिपको जितमा सेजु खड्गले गोल गरिन् । दोस्रो खेलमा सैनिक आवासिय महाविद्यालयले सोसल पब्लिकलाई ६–० ले हरायो । सैनिकका लागि सन्सुभ थापा मगरले चार गोल गरिन् भने रस्मी रिजालले २ गोल गरेको म्याच कमिस्नर गोपाल लामाले जानकारी दिए । 


प्रतियोगितामा भोलि छात्रा तर्फ लिगचरणको अन्तिम खेलहरु तथा छात्रतर्फ सेमिफाइनलका खेल हुनेछन् । सेमिफाइनलमा शिशु कल्याण र शैनिक तथा सोसल पब्लिक र गण्डकी भिड्नेछन् । 


प्रतियोगितामा छात्रा तर्फ ६ र छात्र तर्फ २४ विद्यालयले सहभागिता जनाएका छन् । भदौ १२ गतेदेखि सुरु प्रतियोगिता २० गतेसम्म सञ्चालन हुनेछ । 


प्रतियोगितामा छात्र तर्फ विजेताले नगद ५० हजार, उपविजेताले २५ हजार रुपैयाँ प्राप्त गर्ने कास्की जिल्ला फुटबल संघले जनाएको छ । छात्रा तर्फको विजेताले नगद २० हजार र उपविजेताले १० हजार रुपैयाँसहित ट्रफी प्रदान गरिने संघले जनाएको छ । 


प्रतियोगितालाई बंगलादेशीय फुड उत्पादक कम्पनी प्रान, सहारा क्लब पोखराले नगद एक लाख रुपैयाँ, एबीज इन्जिनियरिङले ५० हजार रुपैयाँ लगायत अन्य संघसंस्थाले  सहयोग गरेको छ । पोखरा महानगरपालिका प्रवद्र्धक, प्रदेश खेलकुद परिषद गण्डकीले विशेष सहयोगी भूमिका खेलेको छ ।


 

व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिइएको छ ।   प्रश्नपत्र बाहिरिएको समाचार आएपछि शिक्षामन्त्री सस्मित पोखरेलल...

थप पढ्नुहोस्

पोखरा  ।   नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको दशौं रारा पोखरा स्पोट्र्स अवार्ड–२०८२ बाट ७ लाख ७१ हजार ४ सय १८ रुपैयाँ बचत भएको जनाएको छ ।   मञ्चले आईतबार ए...

थप पढ्नुहोस्

पोखराको सिर्जना चोकस्थित अशोका कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्टले काठमाडौँ विश्वविद्यालय (केयू) बाट सम्बन्धन लिएर ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी (बीआईटी) कार्यक्रम सञ्चालनमा ल्याएको छ ।   गण्डकी प्रद...

थप पढ्नुहोस्